किरात धर्मको दोस्रो अन्तर्राष्ट्रिय महा सम्मेलन शुरु, शान्तिर् याली तथा धार्मिकसभा सम्पन्न
-
2011-04-05
नेवाः का माडौ २०६७ चैत्र २१, बिश्वका १८ देशका प्रतिनिधिहसहित हजारौं किरात धर्मावलम्वीहरूको सहभगितमा किरात धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन का मन्डौंमा शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राराष्ट्रिय महासम्मेलनको प्रथम दिन चैत्र २१ ग्ते शान्तिर् यालीको तथा शान्तिर् याली पश्चात
संविधानसभा अध्यक्ष सुवास नेम्बाङको आतिथ्यमा धर्मसभाको कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा विभिन्न जातीय तथा सांस्कृतिक संघ संस्थाका विभिन्न झाँकी तथा सम्मेलनमा सहभागी हुन आएका हजारौं किरात धर्मावलम्बी भक्तजनहरुले बाजागाजासहित का माडौंको खुलामाचबाट शान्तिर् याली शुरु गरेर नगर परिक्रमा गरी पुन दिनको ३:०० बजे खुलामाच पुगेर शान्तिसभामा परिणत भएको थियो ।
सो शान्तिसभामा प्रमुख अतिथि संविधानसभा अध्यक्ष सुवास नेम्बाङले किरात धर्मले उपयुक्त समयमा विश्व शान्ति र मानव एकताको लागि अन्तराष्ट्रिय महासमेलन आयोजना गरेकोमा धन्यवाद दिँदै महासम्मेलन तथा किरात धर्मको विश्वशान्ति तथा मानव एकताको अभियानलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उक्त धार्मिकसभामा सम्मेलन सफलताको शुभकामना दिनुहुँदै लिम्बू विद्यार्थी माचका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले झण्डै लोप हुन लागेको किरात इतिहास तथा सभ्यतालाई पछिल्लो किरात धर्मको यो कार्यक्रमले अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित गराउन सफल भएको उल्लेख गर्दै नेपालमा हजारौं वर्षको किरातकालीन इतिहास नदेख्नेहरुलाई यो महासम्मेलनले गतिलो जबाफ दिएको उल्लेख गर्नुभयो ।
यसैगरी सो सभामा स्वामी चरित्रले शान्तिको एकमात्र मार्ग धर्म हो र महागुरु फाल्गुनन्दले शुरु गर्नुभएको यो अभियानलाई यो महासम्मेलनले अन्तराष्ट्रिय रुपमा यो अभियानलाई उदघोष गर्न सफल हुनेछ भन्दै सम्मेलन सफलताको कामना गर्नुभएको थियो ।
किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रिसं थेगिमको अध्यक्षतामा सम्पन्न उक्त धार्मिक सभामा स्वर्ण नेम्बाङ विश्व किरात तथा डम्बर सिंगकले पनि सम्मेलन समफलताको शुभकामना दिनुभएको थियो ।
