kirat.org.np
An Official Website of Kirat Chotlung Angsi Mangenna Sewa
& Kirat Religion And Literature Upliftment Association
किरात मुन्धुम र किरात भूमिको सम्बन्ध
- विवश हेल्लोक

वर्तमान विश्व आधुनिकमात्र नभएर उत्तरआधुनिक सोचमा चल्न थालेको छ । उत्तरआधुनकि सोचले कुनै कुरालाई वा कुनै बुझाइ वा दृष्टिकोणलाई अन्तिम सत्य मान्दैन । वर्तमान विश्वमा अगाडि आएको यस उत्तरआधुनिक सोचले कुनै कुरालाई बहस गर्न थप सजिलो बनाएको छ । यस लेखमा उ ाइएका सवालहरु पनि बहसका लागि मात्र हुन् ।

विद्वानहरुका विचारमा 'दर्शन भनेको बुझाइ वा हेराइ हो जब कुनै बुझाइ वा हेराइ व्यवहारमा परिणत हुन्छ तब सभ्यताको जन्म हुन्छ ।' विश्वमा प्राचीन मानिएका यस्ता धेरै दर्शनहरु छन् । यस्ता प्राचीन दर्शनहरुमध्येको आफूलाई प्राचीन दर्शनका रुपमा व्याख्या गर्दै आउने अर्को एक दर्शन 'रकिरात दर्शन' पनि हो ।
किरात दर्शन किरातीहरुको दर्शन हो । विश्वका विभिन्न भागमा छरिएर बसोबास गरेता पनि मूलरुपमा नेपालको पूर्वी भू-भागमा किरातीहरुको बसोबास रहेको पाइन्छ र हिजो आज पनि यो क्षेत्र माझ किरात र पल्लो किरात नामले चिनिने गरेको पाइन्छ । किरातीहरुले किरात धर्मलाई अनुसरण गर्दछन् । किरात धर्मको मूल धार्मिक ग्रन्थ मुन्धुम हो जुन किरातीहरुको सिङ्गो इतिहास हो । किरातीहरुको सिङ्गो इतिहास बोकेको किरात मुन्धुम र किरातीहरुको बसोबास रहेको यो भूमिबीचमा के कस्तो ऐतिहासिक सम्बन्ध रहेको छ भनेर यस लेखमा चर्चा गर्न खोजिएको छ ।

किरात परिचय

किरात शब्द कुनै जात भूगोल रगत अनुहार वर्ण आकार वा समयको नाम होइन । किरात शब्दले सभ्यता संस्कृति जीवनपद्धति सोचाइ अवधारणा मूल्य-मान्यता र दर्शनलाई बुझाउँदछ । किरात शब्द एक समयमा विकसित भएको सभ्यता वा सोचाइको नाम हो जीवनपद्धतिको नाम हो । आज जे जति किराती भनेर कहलिँदै आएका जाति वा समुदाय छन् ती जाति वा समुदाय भनेका त्यो सभ्यता सोचाइ वा जीवनपद्धतिहरु विकास गर्दै र अनुशरण गर्दै आइरहेका समुदाय हुन् ।

इतिहासलाई हेर्ने हो भने किरात सोचाइ वा किरात दर्शन एक प्राचीन दर्शन हो । यो दर्शन सभ्यता वा सोचाइलाई अनुशरण गर्दै आउने समुदाय वा जातिहरु पनि प्राचीन जाति हुन् भन्ने कुरा इतिहासकारहरुले पनि स्वीकारेका छन् । प्रसिद्ध किरात इतिहासकार इमानिसं चेम्जोङले 'किरात शब्दको उत्पति भूमध्यसागरीय क्षेत्रको मोआवाइट भाषाको किरियात् भन्ने शब्दबाट भएको हो । जसको अर्थ किल्ला वा शहर हुन्छ' भनेर उल्लेख गरेका छन् । (Chemjong - The History and Culture of Kirat People). त्यस्तै चेम्जोङले 'किरात साहित्यको इतिहास' नामक पुस्तक तथा Sir John Hammerton को Ancient History शीर्षक लेखमा प्राचीन वेविलोन र मेसोपोटामियाको सभ्यताहरुसित किरातहरुको सम्बन्ध थियो भन्ने कुरा पुष्टि गर्ने प्रयास गरेका छन् । यसबाट के अनुमान गर्न सकिन्छ भने मान्छेहरुले जङ्गगलबाट निस्केर भू-मध्यसागरीय क्षेत्रमा प्रथम बस्ती बसाले । जहाँ उनीहरुले आphooले प्राप्त गरेका अनुभव अनुभूतिहरुलाई संगालेर प्रथम मानव सभ्यताको विकास गरेका थिए । त्यहीबाट नयाँ भूमिको खोजीमा निस्किएका एक समूह यात्राका अनेकौं अनुभूति संगालेर हिामालयको काखमा आई बस्ती बसाले । जहाँ उनीहरुले आफ्नो अनुभूतिका आधारमा किरात दर्शनको विकास गरे ।

हिन्दु धर्मको प्राचीन ग्रन्थहरुमा पनि किरात शब्दको प्रशस्त मात्रामा उल्लेख भएको पाइन्छ । यसबाट पनि के स्पष्ट हुन्छ भने भारतीय उपमहादिपमा आर्यनहरुको प्रवेश हुनुभन्दा पूर्व यहाँ किरातहरुले आवाद गरेको थिए । नेपालकै इतिहासमा पनि का माडौं उपत्यकालाई केन्द्र बनाएर ३२ पुस्तासम्म शासन गरेको इतिहास पाइन्छ । अहिले पनि नेपालमा बसोबास गर्ने आर्य मुलका बाहेक सम्र्पूण जनजातिहरु किरात हुन् भनेर विशिष्ट विद्वानहरुले औंल्याइरहेका छन् । तर पनि किरात शब्द नेपालको पूर्वी भूभाग माझ किरात र पल्लो किरात तथा अधिकरुपमा त्यस क्षेत्रमा बसोबास गर्ने लिम्बू राई याख्खा र सुनुवारजस्ता जातिहरुले मात्र किरातका रुपमा स्वीकारेका छन् ।

यसरी वर्तमान अवस्थामा लिम्बू राई याख्खा र सुनुवारहरुले मात्र हामी किराती हौं । नेपालमा ३२ पुस्तासम्म शासन गर्ने ती शासकहरु हाम्रा पुर्खा हुन् र विश्वका प्राचीन सभ्यताहरुसँग हाम्रो सम्बन्ध छ भनेर स्वीकार्नु वा दावी गर्नुमा उनीहरुका इतिहासको अलावा उनीहरुको बुझाइ वा दार्शनिक पक्ष पनि जिम्मेवार छ । अझ नेपालको पूर्वी भूभागलाई किरात प्रदेश वा किरात क्षेत्रका रुपमा परिचित हुनका मूख्य कारण उनीहरुको हजारौं वर्षको भोगाइ सोचाइ जीवन र जगतलाई हेर्ने किरातीपनको दृष्टिकोण मुन्धुम ले त्यस भूमिसँग गाँसिदिएको सम्बन्ध पनि हो ।

किरात मुन्धुम

पुर्खाहरुको हजारौं वर्षको भोगाइ सोचाइ अवधारणा मूल्य मान्यताहरुले एउटा सभ्यताको विकास गर् यो जीवनलाई हेर्ने प्रकृतिलाई बुझ्ने समाजलाई नियमित बनाउने नैतिक नियम कानुन बन्यो । त्यो नियम कानुन तथा दर्शनले उनीहरुको जीवनमा एउटा आत्मविश्वास वा आध्यात्मिकताको विकास गर् यो र त्यो आध्यात्मिकताबाट नै किरात धर्मको जन्म भयो । किरात धर्म इसाई इस्लाम वा बौद्ध धर्मजस्ता कुनै एक व्यक्तिद्वारा घोषित धर्म नभएर पुर्खाहरुको हजारौं वर्षको भोगाइले जीवन र जगतप्रतिको बुझाइ वा हेराइको नाम हो र यो किरात धर्मको पवित्र धार्मिक ग्रन्थ मुन्धुम हो । मुन्धुम त्यही हजारौं बर्षको पुर्खाहरुको हजारौं वर्षको भोगाइ वा जीवन र जगतप्रतिको बुझाइले सिर्जना गरेका नियमहरुको संग्रह हो । यसरी हेर्दा किरात मुन्धुम एउटा सिङ्गै किरात सभ्यताको इतिहास हो ।

किरात मुन्धुममा किरात पुर्खाहरुको जीवन भोगाइका अनुभूतिहरु संकलित छन् । सृष्टिको नियम अनुसार मान्छेको उत्पत्ति भएपछि मानव जीवनलाई कसरी सुन्दर र व्यवस्थित बनाउने भनेर पुर्खाहरुको जीवन भोगाइका कथाका आधारमा मुन्धुममा नियमहरु लेखिएका छन् । किरात मुन्धुममा सिङ्गै सृष्टिको वर्णन पाइन्छ । मुन्धुममा पृथ्वीको उत्पत्ति त्यसपछि क्रमशः वनस्पति जीवजन्तु तथा मानिसको सृष्टिका कथाहरु र मानव सृष्टि भएपछि उनीहरुको जीवनलाई कसरी सामाजिक व्यवस्थित व्यवहारिक र व्यवसायिक बनाउने भन्ने कुराहरु मुन्धुमका कथाहरुमा वर्णित छन् । मुन्धुमका यी कथाहरु पुर्खाका जीवन भोगाइमा आधारित छन् । त्यस्ता कथा कहानीहरु कुनै काल्पनिक संसारमा आधारित नभई यही धरतीका खोला नाला डाँडा पाखा गुफा पोखरी तथा किरातीहरुले मान्दै आएका ऐतिहासिक स्थलहरुमा आधारित छन् ।

किरात मुन्धुम र प्रकृति भूमिको सम्बन्ध

किरात मुन्धुम किरातीहरुको हेराइ हो किरातीहरुको बुझाइ हो किरातीहरुको दर्शन हो । किरात दर्शनले मान्छेलाई केन्द्रमा उभ्याएको हुन्छ । किरात मुन्धुमको व्याख्या अनुसार सृष्टिको नियम अनुरुप प्रकृतिको हरेक वनस्पति तथा जीव जन्तुहरुको जीवन चक्रलाई युगौंयुगसम्म निरन्तरता दिनको लागि पछिल्लो सर्वश्रेष् प्राणीका रुपमा मान्छेको सृष्टि भएको मान्दछ । आजको वैज्ञानिक खोजले पनि अन्य वनस्पति तथा प्राणीहरुको सृष्टि पश्चातमात्र मानव सृष्टि भएको स्वीकार गरेको छ ।    
किरात मुन्धुमको व्याख्यानुसार प्रकृतिमा सबै वनस्पति तथा जीव जन्तुहरुको जन्म-विकास भइसक्दा पनि प्रकृतिको नियम जीवनचक्र ीषभ ऋथअभि लाई नियमित बनाउने तथा प्रकृतिको महत्वलाई बुझेर प्रकृतिको संरक्षण गर्ने चेतनशील प्राणीको अभाव सिर्जना भएकोले सृष्टिको पछिल्लो तर सर्वश्रेष् प्राणीका रुपमा मान्छेको सृष्टि भएको कुरा उल्लेख छ । मान्छेको सृष्टि नभइ वनस्पति तथा जीवजन्तुको मात्र सृष्टि तथा विकास भएको अवस्थामा प्रकृतिलाई बुझ्ने प्रकृतिको संरक्षण सम्बद्र्धन गर्ने कार्यहरु हुन नसकेकाले त्यहाँ चेतनशील प्राणीको अभाव भएको थियो र त्यो अभाव मान्छेको सृष्टिपश्चात पूरा भएको हो भनेर किरात मुन्धुमले व्याख्या गर्दछ । त्यसैले किरात दर्शनले मान्छेलाई प्रकृतिको सर्वश्रेष् बस्तुका रुपमा मान्दछ ।

आजको २१औं शताब्दीको वैज्ञानिक युगमा आइपुग्दा पनि किरात दर्शनलाई अनुसरण गर्ने तथा किरात मुन्धुमलाई आफ्नो पवित्र ग्रन्थ मान्ने किरातीहरु आफू रहेबसेका ाउँहरुमा रहेका प्रत्येक खोला नाला पहाड गुफा पोखरी हिमाल आदिलाई पुज्ने गर्दछन् । यसरी प्रकृतिलाई सर्व।ेष् मान्नु वा प्रकृतिको पूजाआजा गर्नुका पछाडि के कारणहरु छन् भन्ने बारेमा छुट्टै बहस गर्न उपयुक्त हुनेछ । तर यहाँ किरातीहरु प्रकृतिपूजक भएर प्रस्तुत हुनुले किरातीहरु आफू रहेबसेका क्षेत्र वा त्यहाँको माटो खोलानाला झरना पहाड पोखरी गुफा तथा हिमाल आदिसँग एक प्रकारको अनोन्याश्रित सम्बन्ध स्थापित गर्न पुगेका छन् । जुन सम्बन्ध स्थापित गर्न उनीहरुलाई हजारौं वर्ष लागेको थियो । अझ भनौं त्यस ाउँलाई आवाद गर्न त्यहाँको हावापानीसँग घुलमिल वा परिचित हुन प्रत्येक मौसम अनुसार व्यवसाय गर्न विभिन्न प्राकृतिक प्रकोप तथा संकटहरुबाट बच्न त्यस ाउँहरुमा उनीहरुले क ोर संघर्ष गर्नु पर् यो । त्यो हजारौं वर्षको संघर्षले उनीहरुलाई त्यस भूमिको विशेषता त्यहाँको परिवेश खोलानाला झरना पोखरी डाँडाकाँडाको महत्व बुझ्न सफल भए । आज जुन क्षेत्रमा किरात दर्शनलाई अनुसरण गर्ने किरातीहरुको बसोबास रहेको छ त्यहाँका खोलानाला गुफा पोखरी डाँडाकाँडा तथा हिमालहरुसँगको हजारौं वर्षको सम्बन्धले ती ाउँ खोलानाला र पोखरीहरुप्रति उनीहरुले विशेष आस्था वा विश्वास सिर्जना गरेका छन् ।

किरात भूमि

किरात भूमिका बारेमा चर्चागर्दा यहाँ किरातीहरुको कुनै स्वायत्त क्षेत्र त्भचचष्तयचथ को बारेमा वहस गर्न खोजिएको होइन । यहाँ चर्चा गर्न खोजिएको विषय भनेको नेपालको पूर्वी भू-भाग जहाँ आफूलाई किराती भनेर चिनाउन चाहने जातिहरुको बसोबास छ जुन क्षेत्रलाई हिजोसम्म माझ किरात र पल्लो किरातका नामले सम्बोधन गरिन्थ्यो । उक्त क्षेत्र किरातीहरुको क्षेत्रका रुपमा परिचित हुनका पछाडि के कारणहरु छन् अर्थात् सिङ्गो किरात सभ्यताको इतिहास बोकेको किरात धर्मको पवित्र ग्रन्थ मुन्धुमले यहाँको माटो यहाँको भूमि खोलानाला झरना डाँडा गुफा आदि ाउँहरुसँग कस्तो सम्बन्ध स्थापित गरेको छ भनेर चर्चा गर्न खोजिएको हो ।

वास्तवमा किरातीहरु र किरात क्षेत्रका बारेमा चर्चा गर्नुपर्दा उनीहरुको इतिहासलाई थोरै भए पनि कोट्याएर हेर्नुपर्ने हुन्छ । फेरि किरात इतिहासका बारेमा चर्चागर्दा किरातीहरुको सिङ्गो सभ्यताको इतिहास बोकेको किरात मुन्धुमलाई हेरेनौं भने सायद त्यो इतिहास पनि अधुरै रहन सक्छ । किनकि किरातीहरुको मुन्धुम एक किरात सभ्यताको इतिहास हो । मुन्धुम पुर्खाहरुको अनुभव एवं भोगाइद्वारा निचोड निकालिएको दर्शन हो । पुर्खाहरुले किरात मुन्धुम तयार गर्ने शिलशीलामा अर्थात् हजारौं वर्षको जीवन भोगाइहरुमा यहाँका पहाड खोलानाला गुफा पोखरी हिमाल आदि ाउँहरुसँग कसरी साक्षात्कार गर्दै आए प्रत्येक स्थानहरुले उनीहरुको जीवनमा कस्तो प्रभाव वा अनुभूतिहरु प्रदान गर्न सक्यो त्यही अनुसार उक्त स्थानहरुलाई उनीहरुले बुझ्दै जान थाले । ती स्थानहरुप्रतिको उनीहरुको बुझाइले उनीहरुमा विश्वास र साहसको सिर्जना गर् यो । आज पनि यहाँका किरातीहरु गर्वका साथ भन्ने गर्दछन कि 'हामी खाम्बोङ्बासा लुङ्बोङ्बासा वा धर्ती पुत्रहरु हौं । हामी यही धर्तीमा विकसित भएका हौं । यसरी यही धर्तीसँग खेल्दै-संघर्ष गर्दै हामीले जानेका बुझेका ज्ञानहरु नै हाम्रो दर्शन हो ।'

कतिपयले किरातीहरुको यो भनाइलाई उनीहरुको खोक्रो आत्मविश्वासको अभिव्यक्तिमात्र भनेर व्याख्या गरेका छन् । उनीहरुको यस भनाइलाई पुष्टी गर्ने कुनै आधार नभएको तर्कहरु प्रस्तुत गरेका छन् । तर किरात मुन्धुमलाई हेर्ने हो भने उनीहरुको किरातहरुको त्यसक्षेत्रको माटोसँग त्यहाँको भूमिसँगको सम्बन्धले स्थापित गरेको अभिव्यक्ति हो । वास्तवमा किरात मुन्धुमलाई हेर्ने हो भने त्यही भूमिमा उनीहरुको किरात बुझाइहरु विकसित भएका छन् । त्यही माटो भूमिसँगको सम्बन्धले किरात दृष्टिकोणहरु किरात दर्शनहरु निर्माण भएका छन् । यस क्षेत्रमा भूमिमा उनीहरुको बुझाइ अनुसार आस्थाका रुपमा विकसित भएका किरात मुन्धुमसँग सम्बन्धित अनेकौं ऐतिहासिक स्थलहरु छन् । जसका आधारमा हेर्ने हो भने यो भूमि किरात भूमि सिङ्गै किरात दर्शनको उत्पति भूमि पनि हो ।

किरात ऐतिहासिक स्थलहरु

प्रत्येक जाति समुदाय वा धर्मावलम्बीहरुका लागि संसारका कुनै न कुनै ाउँहरु विशेष महत्वका रुपमा रहेका हुन्छन् । त्यस्ता स्थानहरुसँग उनीहरुको विशेष आस्था हुने गर्दछ । किरातीहरुका पनि यस्ता विशेष आस्थाका रुपमा रहेका किरात मुन्धुमसँग सम्बन्धित धेरै स्थानहरु रहेका छन् । त्यस्ता किरात मुन्धुमसँग सम्बन्धित भएर रहेका केही स्थानहरुको बारेमा चर्चा गरिएको छ ।

मेन्छ्यायेम्ः- मेन्छ्यायेम् एउटा पहाडको नाम हो । भौगोलिकरुपमा यो डाँडा मिल्के पर्वत । श्र्ृङखलाअन्तर्गत ताप्लेजुङ तेह्रथुम र संखुवासभाको सीमानाको रुपमा रहेको छ । किरात मुन्धुममा यो डाँडाको प्रशस्त मात्रामा उल्लेख भएको पाइन्छ । गुफा पोखरीलाई आफ्नो काखमा लिएर बसेको यो डाँडा पर्यटकीय दृष्टिकोणले अति सुन्दर ाउँ मानिन्छ भने किरात मुन्धुमले यसलाई बैशालु अवस्थलको रुपमा व्याख्या गरेको छ । मुन्धुममा वर्णन भएनुसार उहिले-उहिले यो म।ेन्छ्याये।म् डाँडामा तरुनी-तन्नेरीहरु भेला भएर नाच्ने गाउने गर्दथे । तन्नेरीहरुले छेलो हान्ने खेलको होडबाजी गर्दथे भनेर उल्लेख गरेको छ ।

स्वच्छ वातावरण र चारैतिरका सुन्दर दृष्यहरु अवलोकन गर्न र ती भौगोलिक दृष्यहरुसँग रम्न सकिने खालको भौगोलिक वातावरणलॆ अत्यन्त सुन्दर यो ाउँमा पुग्दा जो कोही पनि प्रफुल्लित आनन्दित नभइरहन सक्दैनन् । यसरी प्राकृतिक दृष्यहरु अवलोकन गरेर पनि रम्न-रमाउन सकिने सुन्दर ाउँ भएको हुनाले किरात पुर्खाहरुले यो ाउँलाई तरुनी तन्नेरीहरु भेला भएर नाच्ने-गाउने उपयुक्त ाउँको रुपमा चुनेको हुनुपर्दछ ।

फक्ताङ्लुङ् :- फक्ताङलुङ कुम्भकर्ण लाई किरातीहरुको तीर्थस्थलका रुपमा मानिन्छ । संसारको तेस्रो अग्लो मानिने काचन्जंघा हिमश्र्ंखलामा पर्ने यो हिमाललाई किरातीहरुले देवताहरु बस्ने स्थानका रुपमा मान्ने गर्दछन् । संसारका सबै हिमालहरु आरोहण भइसक्दा पनि माङको निवास भएको कारणले फक्ताङलुङको आरोहण गर्न नसकिने किरातीहरुको विश्वास रहेको छ ।

सेन्चेइ फक्ताङलुङ पारुङफुक्कु-मारुङ्फुक्कु पारुङ्तेम्बे-मारुङतेम्बे इत्यादि नामले मुन्धुममा वर्णित हुने यी सबै स्थानहरु यस हिमालमा पर्दछन् । फक्ताङलुङ हिमालको फेदीमा पारुङफुक्कु मारुङफुक्कु तथा पारुङतेम्बे-मारुङतेम्बेसम्म पुगेर किरातीहरुले पुजाआजा गर्ने गर्दछन् । फक्ताङलुङ पर्यटकीय दृष्टिकोणले अति सुन्दर भएपनि हिउँदको याममा पारुङफुक्कु मारुङफुक्कु तथा पारुङतेम्बे मारुङतेम्बे पनि पुरै हिउँले ढाकिने हुनाले विशेष गरी असार श्रावणमा मात्र त्यहाँ पूजा गर्न जाने गर्दछन् ।
तागेरानिङ्वाभू याङदाङः-तागेरा निङवाभूयाङदाङ गुफा ताप्लेजुङ जिल्लाको लेलेप गा.वि.स.मा अवस्थित छ । किरातीहरुले निराकार निराजन अदृष्य सर्वशक्तिमान देवताका रुपमा तागेरा निङवाभूमाङलाई मान्ने गर्दछन् । किरात मुन्धुमका अनुसार तिनै सर्वशक्तिमान तागेरा निङवाभूमाङ विभिन्न क्षेत्रको यात्राका क्रममा यस तागेरा निङवाभूयाङदाङमा बस्ने गरेको उल्लेख छ ।

कुम्मायक कुस्सायकः- कुम्मायक कुस्सायक किरातीहरुको ऐतिहासिक स्थल हो । किरातीहरुले कुल देवताका रुपमा युमामाङलाई मान्ने गर्दछन् । प्रत्येक किरातीहरुले युमा माङको पूजा आरधना गर्दछन् । किरातीहरुले जे कर्म गर्दा पनि युमा माङको आरधना गर्ने चलन छ । किरातीहरुले युमा माङलाई निराकार निराजन अदृष्य सर्वशक्तिमान देवताका रुपमा पुज्ने चलन रहेको छ । यासक स्थित यस कुम्मायक कुस्सायकमा तिनै निराकार निराजन अदृष्य सर्वशक्तिमान देवता युमामाङ मान्छेमा प्रकट भएर बोलेको हुनाले यस स्थानलाई किरातीहरुले पवित्र रुपमा मान्ने गर्दछन् । यो कुम्मायक कुस्सायकमा आज प्रत्येक वर्ष याक्वा सेवा र चासोक सेवामा पुजा आरधना गर्ने गर्दछन् । त्यसै गरी प्रत्येक तीन वर्षमा टाढा टाढाबाट किरातीहरु पुजा आरधना गर्न यस कुम्मायक कुस्सायकमा आउने गर्दछन् ।

निष्कर्ष

विगतमा लामो समयको विषम परिस्थितिलाई पार गरेर आज किरात समाज आफ्नो अस्तित्वका लागि सामाजिक धार्मिक राजनैतिक सांस्कृतिक तथा ऐतिहासिक आदि विभिन्न कोणबाट अगाडि बढिरहेको छ । यो अत्यन्त खुशीको कुरा हो । यसरी किरात समाजलाई अस्तित्वका लागि अगाडि बढ्नलाई उनीहरुको विभिन्न ऐतिहासिक आधारहरुको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

यस लेखमा किरातीहरुको ऐतिहासिक भूमिलाई किरात मुन्धुमसँग संयोजन तथा तुलना गरेर अध्ययन गर्न खोजिएको हो । किरातहरु ऐतिहासिकरुपमा जहाँबाट जसरी आएका इतिहासले ब्याख्या गरेता पनि उनीहरुको सभ्यताको इतिहास भनेको किरात मुन्धुम हो । उनीहरुलाई किराती बनाएको त्यो किरात दर्शनले हो । किराती भनेर चिनाएको नै किरात सभ्यताले हो । उनीहरुको त्यो दर्शन त्यो सभ्यताको इतिहास भनेको नै किरात मुन्धुम हो । आजसम्म पनि किरातीहरुले आफूलाई किराती भनेर चिनाएका छन् भने किरात मुन्धुमले नै हो ।

किरात मुन्धुमलाई हेर्ने हो भने उनीहरुले यही भूमिमा किरात दर्शनको विकास गरेको स्पष्ट हुन्छ । किरात पुर्खाहरुले यही भूमिमा हजारौं वर्षको जीवन भोगाइले विकास गरेको सोचाइका आधारमा किरात दर्शनको विकास भएको हो । किरात मुन्धुममा उल्लेखित भूमिहरुका आधारमा किरात ऐतिहासिक स्थलहरुको अध्ययन गर्ने हो भने यो कुरा स्पष्ट हुन्छ । त्यो किरात दर्शनको समष्टीरुप नै किरात मुन्धुम हो ।

यसरी किरात मुन्धुम र किरात ऐतिहासिक स्थलहरुबीचको सम्बन्धको विश्लेषणका आधारमा यो किरात दर्शनको उत्पत्ति भूमि हो भन्न सकिन्छ । तर यस तथ्यलाई अझ विस्तृत र वैज्ञाननिक रुपमा पनि अध्ययन अन्वेषण गरेर हेर्न भने आवश्यक हुन्छ । यो अभिभारा अब तमाम किरातीहरुको काँधमा आएको छ ।

सन्दर्भ सामग्री
१. इमानसिङ् चेम्जोङ- किरात साहित्यको इतिहास
२. इमानसिङ् चेम्जोङ- किरात मुन्धुम
३. बैरागी काइला - तङसिङ तक्मा मुन्धुम
४. कुमार लिङदेन-फूटकर लेख
५. चन्द्रकुमार सेर्मा - फक्ताङलुङ दर्शन

biwashs@gmail.com
Comment (12)
Hellok sir may i can get your email adress. your frind from MALAYSIA
padam kumar phiyak
phiyakp@yahoo.com Posted On: 2011-04-20
 
vivas ji good article lekhnu bhayko rahe6.i like it..
jiban
jibanrai@yahoo.com Posted On: 2011-08-23
 
It's really great that people are sharing this infomrtaoin.
..
juta1@centrum.cz Posted On: 2011-09-19
 
home insurance 500784 health insurance ylyd
home insurance 500784 health insurance ylyd
hachiminekasetu@woody.ocn.ne.jp Posted On: 2011-10-19
 
hsjoha payday loan >:-OOO Payday Loans 3022 Payday Loans online 9377
hsjoha payday loan >:-OOO Payday Loans 3022 Payday Loans online 9377
pfaubt@eyhrxp.com Posted On: 2012-02-21
 
pxtscyra payday loans eJCkYL payday loans UK %-[[[ cash advance 8942 payday loans oHvjz
pxtscyra payday loans eJCkYL payday loans UK %-[[[ cash advance 8942 payday loans oHvjz
eazsex@xasaae.com Posted On: 2012-02-09
 
wavqfr viagra 7324 viagra kaufen :-O cialis 7469 viagra Uvwcrv compra cialis =-] acheter cialis XHyfL
wavqfr viagra 7324 viagra kaufen :-O cialis 7469 viagra Uvwcrv compra cialis =-] acheter cialis XHyfL
lpkjyc@ecqzrj.com Posted On: 2012-02-04
 
iwcwnlb viagra >:-[ propecia OajmJ accutane >:]] cialis WpfVwN
iwcwnlb viagra >:-[ propecia OajmJ accutane >:]] cialis WpfVwN
zjkegi@tvieek.com Posted On: 2012-02-03
 
rjncvpw cash advance 9240 payday loans 7395 cash advance >:-OOO
rjncvpw cash advance 9240 payday loans 7395 cash advance >:-OOO
hxniwr@sgkipa.com Posted On: 2012-02-02
 
skysvb payday loan UK >:]] payday loan 7288 Payday loans online AfMBaP
skysvb payday loan UK >:]] payday loan 7288 Payday loans online AfMBaP
aftgnm@rkwctb.com Posted On: 2012-01-30
 
2011 online casinos test download is the no 1 site and portal for this kind of games
as@gmail.com
horkanus@gmail.com Posted On: 2011-10-22
 
onisac 2011 online casino test is the no web portal for this kind of games
as@gmail.com
as@gmail.com Posted On: 2011-10-22
 
 
Post Your Comment
Name :  
Email :  
Comment :  
Visual CAPTCHA
More Article Links
  >> Activities Links
  >> Documents
Photo Gallery
किरात धर्म दोश्रो अन्तराष्ट्रिय महासम्मेलन पत्रकार भेटघाट कार्यक्रम कार्यक्रम् सञ्चालन गर्दै कि. ध. तथा सा. उ. संघका केन्द्रीय सचिव सेसेहाङ फियाक 
महासम्मेलनको जानकारी दिंदै कि. ध. तथा सा. उ. संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिङ थेगिम पत्रकार भेटघाट कार्यक्रममा अथितिहरू
  >> Videos
Play Video
|  HOME   |  ABOUT US   | CONTACT US   |
All Rights Reserverd. © 2010, kirat.org.com