kirat.org.np
An Official Website of Kirat Chotlung Angsi Mangenna Sewa
& Kirat Religion And Literature Upliftment Association
विश्वशान्ति र मानव एकतामा किरात धर्म
- प्रा.डा. नोवल किशोर राई

१. उठान

आजको हाम्रो समाज भौतिक विषय वस्तुहरुमा मात्र रुमलिएर रहेको देखिन्छ । मानिसहरु नाम रदाम कमाउने कुरामा तँछाड-मछाड गरेर लागेका हुन्छन् । हिजो के थिएँ र कहाँ थिएँ अनि भोलि कहाँ र के हुने हुँ भन्ने विषयमा अति कम व्यक्तिले मात्र सोचेको पाईन्छ । अर्थात 'पाउने' विषयले खुशी र "गुमाउने" कुराले दुःखी हुनेहरुको संख्या अधिक छ यो संसारमा । भौतिक सुख आनन्द मात्र उपलब्धी हो भन्ने विश्वासमा संसार भुलेर बसेको देखिन्छ । हिजो र भोलिको कुरामा मानिसलाई विश्वासै छैन अथवा यो विषयले चस्को दिए पनि यसबारे चिन्तन गर्ने फुस्रद छैन हामीलाई । यसर्थ भौतिक कुरा मात्र नसोची अलिकति मात्र भए पनि आध्यात्मिक विषयमा पनि चासो राख्ने हो कि ! आध्यात्मिक विषय वस्तुमा प्रवेश लिंदा भौतिक जीवन-जगतका सबै कुरा त्याग्नु पर्ने चाहि होइन भन्ने कुरा मनमा राख्नु पर्दछ ।

२. धर्मको अर्थ

हामीमध्ये धेरै जसोले धर्मको सही अर्थ बुझेका पनि हुँदैनौं अनि यसको गलत व्याख्या गरिरहेका हुन्छौं तसर्थ यहाँ धर्मको अर्थ खोल्ने मनसायले सवभन्दा पहिले शब्दकोशीय अर्थको चर्चा नेपाली बृहत शब्दकोशले ुधर्मु शब्दको अर्थ यसरी दिएको छः-
धर्म- ना. सं. १. व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति प्रकृति स्वभाव । २. स्वाभाविक गुण सहज वृत्ति । ३. स्वर्ग प्राप्त गर्नसकिने लोकविश्वास भएको पुण्य कार्य पुण्य कर्म । ४. कुनै जाति वर्ग पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य जस्तै- मानवधर्म नारीधर्म युगधर्म इ। । ५. असल आचरण सदाचार नियम । ६. पुण्य सत्कर्म । ७. ईश्वर अथवा सदगतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म । ८. कुनैमहापुरुषले चलाएको मत सम्प्रदाय ।

उपर्युक्त धर्मका अर्थहरु केलाएर हेर्दा स्पष्ट थाहा लाग्ने कुरा के रहेछ भने यो गुण केवल मानवले मात्र धारण गर्ने स्वभाव रहेछ । यो व्यक्तिमा रहने विशिष्ट गुण रहेछ भनी बुझ्न सकिन्छ । अथवा यो केवल मानव र मानव जगतमा निहीत विशेष गुण हो भनेर ठान्नु पर्ने रहेछ । अर्कोतिर यसको अभावमा हामी मानव भनेर चिनिन सक्तैनौं र हाम्रो समाज पनि विश्रृफ्लित हुने रहेछ भन्न सकिन्छ । सृष्टिको शुरुवातबाट नै कुनै पनि पदार्थहरुमा कुनै खास गुण रहने भएकाले त्यसलाई सो पदार्थको विशेष गुण भनेर चिनिया भने मानव समुदायमा भने परिवार वा समाजमा रहनु पर्दा मानव धर्म नअपनाएमा सम्वन्धित व्यक्ति वा उसको समाज नियमन हुन सत्तैन । तसर्थ यस अर्थमा धर्म भन्ने वस्तु एउटा अनुशासन पनि हो । यही वृति प्रवृति गुण स्वभाव आचार सदाचार आदिलाई अझ- उपल्लो तहसम्म विशिष्ठीकरण गरेर मानव समुदायका अनेक महापुरुषहरुले कुनै खास मार्ग पन्थ वा धमृको अभ्युत्थान गरेर आफ्नो समाजमा स्थापित गरेका छन् जसलाई अरु अनुयायीहरु अगाडि लैजाने कार्य गरे । यसै अनुरुप हाम्रो समाजमा हिन्दु मुस्लिम ईसाइ बौद्ध शिख ताओ शिन्तो बहाइ आदि अनेक मार्गहरु प्रचलित भए । समय र भूगोलका कुनै खासखास बिन्दुहरुमा यी धर्महरुको विकास र विस्तार पनि भयो मानिसहरुले यसलाई आफ्नो ुआस्थाु र ुपरिचयुको केन्द्रका रुपमा पनि मान्न थाले ।

३. किरात धर्म-

नेपालमा किरातहरु निक्के प्राचीन आदिवासीहरु भनेर चिनिएका छन् । अन्य मानव समुदाय सरह नै किरात जातिले पि आफ्नो एउटा मूल वृति प्रवृति र सदाचार अपनाएर आफ्नो खास मार्ग रेखाङ्कन गरेर ल्याए । सम्पूर्ण किरात जन समुदायले युगयुगादिदेखि अपनाएर ल्याएको यस मार्गलाई ुकिरात धर्मु भनेर चिनिन थाल्यो । लामो कालखण्डसम्म लेख्य परम्परा नै सीमित भएर रह्यो । भूगोलका अनेक पाराहरु र समयका अनेकमोडहरुमा यो मार्गमा पनि विविधताले प्रवेश पायो । जुन कुरा विकसित मानव सभ्यताका लागि अपेक्षित नै हो । समयको चर्को घामले जति नै टा_िक्सए पनि भूगोलको चक्करले जति नै ुकुइनेटोु मा पारे पनि आदिम कालबाट प्रारम्भ भएको किरातीहरुको मार्ग ुकिरात धर्मुमा मूलतः निम्न वृति। प्रवृति वा आचार परिवर्तन भएन । यसर्थ धर्मका नामले किरातीहरुले आज पर्यन्त निर्विवाद रुपमा मानेर आएका मुख्य तीन विषय हुन्:-
१ प्रकृति पूजा ।
२ पितृ पूजा ।
३ सत्मार्ग ।

३.१. प्रकृति पूजा

किरातीहरुले परापूर्वकालदेखि नै प्रकृतिका साथ आफ्नो जीवनको तादाम्यता कायम गरी आफूलाई यसको उपज हो भन्ने ठानी यसको पूजा अर्चना पनि शुरु गरेका हुन् । अर्थात किरातहरु आफूलाई ुप्रकृति पुत्रुहरु भनी ठान्दछन् र यसलाई आफ्ना 'जीवन दाता' का रुपमा मान्दछन् । जसले जसरी पूजा अर्चना गरेपनि माटो हावा पानी वन वृत्त जल आकाश चन्द्र सूर्य पृथ्वी ग्रह-नक्षत्र आदि प्रकृतिलाई अत्पन्त आदरकासाथ पहिल्यैदेखि चलिआएको कुरो हो । पहाड वन जंगल खोला नाला आदिलाई आत्मा र परमात्माको प्रतीक यिनका संरक्षण र सम्वद्र्धनमा लाग्नु पनि किरातीहरु आफ्नो धर्म मान्दछन् । ठूलो चट्टान रुख-वृक्ष र नदिनालालाई ुईश्वरीय रुपु मानेर पूजा गर्ने अनि यिनलाई ाय हुनेबाट जोगाउन काम पनि किरात धर्म नै हो । पानी वा पानीको मुहान फोहर नगर्नु वन जंगलमा जथाभावी हल्ला-खल्ला नगर्नु प्राणीहरुलाइ दुःख नपुर् याउनु भन्ने पाठ हरेक किरातीहरुलाई सानैदेखि आमा-बावुले सिकाएर ल्याएकै हुन्छन् । यी प्राकृतिक बस्तुहरुमा देवात्माको वास रहेको हुन्छ भन्ने हाम्रो मान्यता छ । यसरी कुनै पनि प्रकारको प्राकृतिक विचलनले मानवजातिमा आपद-विपद आयलाग्छ भन्ने कुरा किरातीहरुको ठूलो धार्मिक विश्वास हो । कतिपय ठूला र पवित्र नदि वा पहाडहरुको नाम समेत उच्चारण गर्न नहुने कुरा हामी सबैलाई थाह भएकै हो किनभने हामी किरातीहरु आफ्ना मान्यजनको नाम लिन मान्दैनौ पनि । त्यसैले किरातीहरुका लागि प्रकृति आमा-बावु र ईश्वर दुवै हो ।

३.२. पितृ पूजा

आत्मा अमर हुन्छ भन्ने कुरा त सवैले मानेकै छन् भने किरातीहरु यस मृत्युलोकबाट परलोकमा प्राप्त गर्ने आफ्ना पूर्खाहरु देवतुल्य हुन्छन् भनेर विश्वास गर्दछन् । आफ्ना पूर्खाहरुको आत्मा उसलोकमा भए पनि यसलोकमा रहने आफ्ना सन्तानका रक्षार्थ सकृय हुने हुनाले उनीहरुको पूजा अर्चना गरिरहने किराती परम्परा हो । कुनै पनि किरातीको मृत्यु पश्चात उसको आत्मालाई ठीकसंग 'पार लाउने' मुक्ति दिने काम गरिन्छ जसलाई ुपारंगतु पनि भन्ने चलन छ । मनुष्य चोला क्षगभंगुर छ र मृत्यु पछि ुउसलोकु मा गईसकेपछि हाम्रा पूर्खाहरु कतिपयले आफ्नो ईच्छा अनुसार आ-आफ्ना स्वजनका कुलमा पुनर्जन्म भएर आउने र अरु त्यसैलोकमा देवगजका साथ रहने हाम्रो विश्वासले पितृपूजा गरिएको हो । उहाँहरुको नामोच्चारणका साथ शुद्ध जल प्रसाद नैवेद्य र अन्य शुद्ध भोजन पनि अर्पण गर्ने कामलाई पितृपूजा भनिन्छ । यसो गर्नाले हामीपृथ्वीतलमा रहने सन्ततिहरुमा सुख-शान्ति प्राप्त हुन्छ भन्ने हाम्रो विश्वास छ । कुनै कारणवश वाटो भूलेर अमुक्त भएर रहेका आत्मालाई पुनर्मुक्ति दिलाउने काम र मुक्त आत्माहरुसंग सम्वाद गर्ने काम पनि किरातीहरुका लागि अनौठो कुरा होइन । यसलोक र परलोकका बिचको सम्वन्ध हिजो-आज र भोलिको जन्ममा विचको तादभ्यताका विषय पनि किरात जनविश्वासले ठाउँ ओगटेको छ ।

३.३. सत्मार्ग

किरातीहरु जसरी प्रकृतिको चक्र र पितृहरुको अस्तित्वका विश्वास राख्दछन त्यसरी नै 'सत्य' को पक्षमा पनि दृढ छन् । सत्यमा अटल रहनु पर्दछ र यसबाट 'च्यूत' हुन गएमा यसलोक वा उसलोक कतै न कतै यसले पछ्याएर दण्डको भागी हुनैपर्दछ भन्ने मत राख्दछन् । शुरुशुरुमा सबै लेनदेनको व्यवहारहरु मुखको भरमा हुने गर्दथ्यो भने आजभोली कतिपय कुरामा लिखित राख्ने गरिएता पनि मूल कुरा ुसत्यु मा आउनु आफ्नो धर्म ठान्दछन् किरातीहर । सत्कर्म र सत्मार्गको बाटो लिएर आज सन्तुष्ट हुने किरातीहरु यसले भोलिको जीवन पनि सुखमय हुने विश्वास राख्दछन् ।

यहाँनेर यो पंक्तिकार एउटा सानो घटनाको उल्लेख गर्ने अनुमति चाहन्छ-

लगभग वि.सं. २०३२-३३ सालतिर एकजना मिथिलावासी सहकर्मीसंग इलाम पाँचथर ताप्लेजुङ आदि किरात क्षेत्रहरुमा भ्रमण गर्ने अवसर मिल्यो । ती क्षेत्रहरुमा घरमा तालाचाबी नलाउने लुगा फाटा धोएर बारीमा सुकाइ राख्ने र भाँडा बर्तनहरु धारामा त्यसै छाडिराख्ने गरेको देख्दा ती मित्रले आश्चर्य माने अनि उनका घरमा यो कुरा सुनाउँदा ूअझ पनि कतै 'रामाराज्यु रहेको' भनेर उनका पिताले भनेका कुरा सुनाउँदथे । ढाँछ-छल चोरी-चकारी र लुटपाटका घटनाहरुको कमी हुने किराती क्षेत्रका कुरा यथार्थ हो ।
परापूर्व कालदेखि नै सरल जीवन र अशल चरित्रमा आस्था राख्ने किरातीहरमा यदाकदा कुलधर्म र जातीय मर्यादाबाट विचलन हुन पुग्दा समुदायमा रहेका बुढापाका र मान्यजनहरुको सकारात्मक हस्तक्षेप र मार्गदर्शनले सधैं स्थान लिइरहेकै पनि सत्य हो । आफ्नो समुदायमा घट्ने घटनाहरुको प्रारम्भिक जाँच बुझ र निरुपणका उपायाहरु सधैं जानिफकार बुढापाकाहरुबाट हुने गर्दछ र प्रायः यी कुराहरु सर्वमान्य हुने किराती समाजको विशेषता पनि हो । समाजमा भला-पाचहरुबाट निसृत ुपाचवाक्यु ले अझ पनि धार्मिक र वैधानिक दुवै मान्यता पाइरहेको विषय किरात धर्मको प्रचलित नमूना हो जुन कुरा सत्वुद्धि सत्विवेक र सत्धर्ममा आधारित छ ।

४. महागुरु फाल्गुनन्दको उदय

ईश्वरको लीला भनौ वा सृष्टिको चक्रले गर्दा गत शताब्दीको मध्यतिर किरात कुलमा मानवचोलाको रुपमा महागुरु फाल्गुनन्दको जन्म भयो । यो घटना वि.सं. १९४२ कार्तिक २५ गतेको हो र उहाँ एउटा सामान्य कृषक परिवारका सदश्यका रुपमा यो धर्तिमा पदार्पण गर्नुभयो । उहाँका वाल्यकाल र किशोरावस्था अरु कृषकका छोरा सरह नै व्यतित भएपनि पटक पटकको देशदर्शन र देववाणीले उहाँको व्यक्तिगत जीवनमा ठूलो प्रभाव पार् यो । उहाँ वालव्रह्मचारी रहनु भयो सत्य धर्मको पालक भएर आत्मा स्वजन र अन्यत्रलाई पनि मार्ग दर्शन गराईरहनु भयो । आजको समाजलाई विश्वास नहुन सक्छ तर उहाँमा अद्भूत र अदृश्य दैवी शक्ति थियो जसको कारणले सामान्य मानिसले गर्न नसक्ने कैयौं चमत्कारी कार्यहरु गरेर आफ्ना अनुयायीहरुलाई सत्कर्म र सत्मार्गतिर सधैं डार् याउनु भयो । क्रुर राणाकालको घनघोर अँध्यारोमा पीडा भोगीरहेका किरात तथा गैरह किरात समुदायलाई सूर्य समान भएर उज्यालो र न्यानो ताप प्रदान गर्नु भयो । येशु कि्रष्ट लगायत अन्य धर्मगुरुहरुले क्रुर शासकहरुबाट पाएका शारीरिक यातना जस्तै महागुरुले पनि जेलनेल भोग्नु परेकै थियो । शायद यस्ता यातना शक्तिले मात्तिएका र अज्ञानताले अन्धा भएका क्रुर शासकहरुको परिचय दिन र स्वजनहरुका मुक्तिका लागि रचिएको 'दैविखेल' नै पो हो कि !

४.१. सत्यको अनुरागी मार्गदर्शक महागुरु फाल्गुनन्द

यो लेखको अभिप्राय महागुरुको जीवनी विस्तार गर्नु नभएकाले उहाँले निर्माण गर्नु भएका सत्मार्ग र त्यसमा 'ताते' गर्न सिकाउनु भएको शिक्षाका मूलभूत विषय मात्र प्रकाश पारिने छ ।

४.१.१. महागुरुको दैविशक्ति र प्रभाव

केवल प्रवचन मात्र सुनेर पत्यार नलाग्ने जनसमाजलाई केहि न केहि चमत्कार त चाहियो नै । महागुरुलाई ईश्वरीय वरदान प्राप्त थियो अनि यसको प्रयोग अशल कार्यका निम्ति र दुर्जन नाशका खातिर प्रयोग गर्नु भयो । खडेरीमा पानी पारेर किसानलाई राहत दिनु असिना-हुरी बतास रोक्नु रोगीहरुलाई निको पार्नु भविष्यवाणी गर्नु जस्ता अदभूत कार्यले समाजमा प्रभाव मात्र पारेन बरु उहाँका अनुयायी भएर सत्यको बाटो रोजे अनेक चेलाचपेटाले । यसो गर्दा महागुरुका सामीप्यमा आफू सुरक्षित रहेको पाउँदथे ।

किरात धर्मको इतिहासमा वि।सं। १९८८ लाई एउटा मुख्य विन्दुको रुपमा लिनु सकिन्छ । यसै बखत महागुरु फाल्गुनन्दले पाँचथरमा १७ थुमका सुब्बा जिम्मावाल। अमाली तालुकदार कर्ता कारवारी जस्ता गण्यमान्य र यस बुद्धिजीविदेखि सर्वसाधारणसमेतलाई उपस्थित गराई सत्धर्म चुम्लुङ गरी सत्य धर्म मुचुल्का गराउनु भएको थियो । वि.सं. १९८८ साल बैशाख २४ गते भएको यो धर्म सभा नै किरात धर्मावलम्बीहरुका लागि एउटा कुम्भभेला सरह भएको थियो जहाँ महागुरु स्वयं उपस्थित भएर आफ्नो रोहबरमा सबै सुब्बा-अमाली बुद्धिजीवि-अगुवाहरुको माझ- किरात धर्मानुयायीहरुलाई धर्मका बारेमा भाषालिपि र संस्कारका विषयमा अनि समाज सुधारका मुख्य मुख्य कुरामा आफ्ना चेलाचपेटाहलाई लिखित रुपमा दस्तावेज उठाएर मार्ग दर्शन गराउनु भएको थियो । यो सत्यधर्म मुचुल्कालाई बौद्धहरुको ुपाचशीलु अनि इसाईहरुको ुदश आज्ञाु ९त्भल ऋयुभमुभलतक० सरह लिन सकिन्छ यो भन्दा अघि किरात समुदायमा यस्तो धार्मिक सभा भएको देखिन्दैन । परापूर्वकालदेखि अधिछिन्न रुपमा पालना गरिआएको किरात धर्ममा यसले एउटा ुकोशे ढुङ्गाु उभ्यायो जहाँबाट यो धर्ममा एउटा लिखित परम्पराको आरम्भ भयो । यो पुनीत कार्यले छरिएर रहेका अन्यौलमा परेका अनेक किरातीहरुमा स्पष्ट रुपमा एउटा एकताको सत्मार्ग खुल्यो भने हुन्छ । आदि-अनादि कालदेखि प्रकृति र पितृको पूजा आराधना गरेर सत्यधर्ममा आफ्नो परम्परालाई धान्दै आएका किरातीहरुले यो विन्दुलाई एउटा ऐतिहासिक घटना मात्र मान्दैनन् कि बरु यो नै किरात धर्मको आधिकारिक दस्तावेज निर्माण भएको ठान्दछन् ।
कुनै पनि समुदायका धार्मिक वा सामाजिक सुधारका खातिर सोही समाजबाट एक महापुरुषको उदय भएको देखिन्छ । वुद्ध येशु कविर नामक आदि यसै प्रत्यनका लागि धरतिमा जन्मेका हुन् । हिन्दु धर्म अनुसार सत्य र त्रेतायुगको अन्त्य भएपछि पनि कुराले आफ्नो अवतारलाई 'धर्म र सार्थ' भनी गीतामा भन्नुभएको कुरा पनि स्मरणीय छ । नेपालको त्यस्तो काम गर्न सक्थ्यो र आफ्नो धर्मको रक्षार्थ आफ्ना अनुयायीहरु छन् मार्ग प्रशस्त गर्न र सामाजिक चेतना फैलाउन उहाँ मात्र एक अलौकिक पुरुष भएर हाम्रो माझ उठाउनु भएको कुरा हामीलाई ज्ञात हुनैपर्छ । केवल स्वधर्म र समाज सुधारका पुनीत कार्यमा लाग्नु भएको महागुरुलाई पनि त्यसबखतका शासकहरुले दुःख दिने काम नगरेका होइनन् । तर सत्य अजेय भएर नै रहेको छ । यस्ता घटनाहरुले असत्य र अधर्मको हार अनि सत्य-धर्मको विजय भएको प्रमाण दिन्छ । सत्य र दृढ विश्वासका लागि विष पान गरेर आफ्नो समुदायलाई मार्ग दर्शन गर्ने महापुरुषहरुले नै हाम्रो मानव सभ्यतालाई अगाडि बढाएको छ ।

५. किरात धर्म र मानव एकता

हामी सबै मानिसहरु पशुपंक्षि आदि पनि प्रकृतिमा रहेको 'पाचतत्व'को उपज हौं । यी तत्वहरुबाट हाम्रो जीवनको आरम्भ भयो र यिनीहरुको नाशबाट हाम्रो जीवनको आरम्भ भयो र यिनीहरुको नाशबाट हाम्रो अन्त्य हुन्छ । यही कारणले नै हामीले प्रकृतिलाई बुझ्नु पर्छ पूज्नु पर्छ । यो गाँठी कुराको चुरो बुझेर नै हाम्रा पितापूर्खाले प्रकृतिको पूजा गरे सेवा गरे । प्रकृति माथिको अति शोषण र दोहनले हाम्रो मानव समाजले अनेक थरिका आपत-विपत झेल्नु परिरहेछ । प्रकृति मानव कल्याणका खातिर हो भने मान्छेले किन यसको सेवा नगर्ने त यसको सदुपयोगले हामी सुखपूर्वक बाँच्न सकिन्छ भने यसको दुरुपयोगले हामीलाई अप्ठ्यरोमा पार्छ । यही सत्य बुझेर परापूर्वकालदेखि नै किरातीहरुले 'प्रकृतिपूजा'लाई आफ्नो धर्म ठाने । यसै विन्दुमा नै सबैखाले मानव समुदायको भलो छ ।

पाचतत्वको स्थूल शरीर भएका बेलामा आएका भावी सन्ततीहरुका सुःख-चयनका खातिर उत्सर्ग गर्ने हाम्रो पूर्खाहरुको गाथा हाम्रो गौरव हो । उसलोकमा रहेर पनि उहाँहरुका आत्माले हाम्रो भलो-कल्याण गरिरहेछ भन्ने धारणाले नै हामी ुपितृ पूजकु भयौं । कुनै शक्तिको माध्यमबाट हामी आफ्ना पितृहरुसंग सम्वाद पनि स्थापित गरिरहेका कुरा घाम जति कै छर्लङ्ग हामीमा छ । यो पनि किरातधर्मको एउटा पहिचान हो ।

हाम्रा अग्रजहरुले सधैं सत्कर्म र सत्मार्गको पक्षमा उभिने शिक्षा दिएका छन् हामीलाई । महागुरु फाल्गुनन्दले त सुनाउनु मात्र भएन बरु छापै ठोकेर जानु भएको हो यस विषयमा ।

त्यसो हो भने- प्रकृतिको पूजा पितृको अर्चना र सत्मार्गको अवलम्वनले यो धरतितलमा रहेका सम्पूर्ण मानव एकतामा राजमार्ग किन नखुल्ला ?

६. किरात धर्म र विश्वशान्ति

संसारभरिका मानवजातिले अवलम्वन गरेर आएका हरेक धर्मको एउटा लक्ष विश्वशान्ति पनि हो । 'पृथ्वी नै एउटा परिवार हो' भन्ने हाम्रो मान्यताले आज जापानमा भूयचालो र सुनामीले पीडित जनहरुमा हामी आफ्नो समवेदना अभिव्यक्त गछौं अनि शान्तिको लागि प्रार्थना गर्दछौं । संसार अनेक कारणले सानो सानो भएर खुम्चने क्रम छ । कैयौं माइल टाढो रहेको तटीय देशहरु हिमाल पग्लेर प्रभावित छन् भने उनीहरुको उष्णताको मात्रा बढेर हाम्रो पहाड सक्दैछ । धनिहरु गरिब जन्माउदैछन् अनि गरिबहरु धनि उत्पादन गरिरहेका छन् । अर्थात 'ठूलो' भन्ने बस्तु सानो को उपस्थितिमा मात्र सम्भव छ अनि यो दोहरो छ । यी दुवै फरक फरक विन्दु हुदाहुदै पनि एकअर्कामा परिपूरक पनि छन् । यो मानवीय समाजको विषयता वीच किरात धर्मले समेतको अपेक्षा राखदछ र यसले नै विश्वशान्तिको जग बसाल्दछ ।

७. त्यसैले

यो धरतिमा मानव मात्र यस्तो प्राणी हो जसले आफू जस्तै 'दुइ खुट्ट' र अरुको भलो सोच्न सक्छ । विवेकद्वारा निर्देशित प्राणी मानव मात्र हो जसले समुदायको हित गर्न सक्छ नि पृथ्वीको रक्षा गर्न उद्दत रहन्छ । तर त्यस्तै मानिस पनि कहि कतै विवेकशुन्य हुँदा 'भष्मासूर' पनि भएको छ । मानव र दानव आकृतमा नभएर प्रवृति अतः मा फरक प्रकृतिको मार्ग अवलम्वन गर्ने पितृको आर्शीवचनको अपेक्षा राख्ने र सत्मार्ग पहिल्याउने किरात धर्म सर्वधर्म होला कि ! त्यसैले यही मार्गबाट विश्वशान्ति र मानवएकता कायम होला नि !

किरात धर्मको- जय !

Comment (11)
yjswqwhg http://vzikcialis.com/ cialis >:-[ viagra 8]]] [url=http://buccialis.com/]cialis[/url] 8]]]
yjswqwhg http://vzikcialis.com/ cialis >:-[ viagra 8]]] [url=http://buccialis.com/]cialis[/url] 8]]]
ywfcin@jdpewc.com Posted On: 2012-01-21
 
xqsazq viagra GGxNn viagra online 8]]] cialis %-[[[ cheap viagra rQwdwn cialis >:-[ buy cialis LiCoI
xqsazq viagra GGxNn viagra online 8]]] cialis %-[[[ cheap viagra rQwdwn cialis >:-[ buy cialis LiCoI
eauave@tjgkmc.com Posted On: 2012-01-27
 
rhjpdl cheap generic viagra 7154 cialis SsZQa viagra snoND order cialis online UeTYM
rhjpdl cheap generic viagra 7154 cialis SsZQa viagra snoND order cialis online UeTYM
iqiapi@cqdfgf.com Posted On: 2012-02-01
 
lfpqyzo cash advance mWOPD cash advance nQdGV payday loans online 4331
lfpqyzo cash advance mWOPD cash advance nQdGV payday loans online 4331
vgtnrh@vohddt.com Posted On: 2012-02-02
 
funrsn viagra 7884 viagra xCBvHu viagra online oEWqJq cialis online 3184 cialis mfXVbc cialis en ligne 3938
funrsn viagra 7884 viagra xCBvHu viagra online oEWqJq cialis online 3184 cialis mfXVbc cialis en ligne 3938
nnxnzi@zzhrnm.com Posted On: 2012-02-04
 
vrcaqspo viagra 2245 viagra JMcRr Generisches zithromax 8]]] cialis DJmkS viagra >:-[ Levitra 0731
vrcaqspo viagra 2245 viagra JMcRr Generisches zithromax 8]]] cialis DJmkS viagra >:-[ Levitra 0731
osnvsf@liwrqs.com Posted On: 2012-02-07
 
bayvxwwr payday loans :-O instant cash advance uPvoUv cash advance 7667 payday loans >:]]
bayvxwwr payday loans :-O instant cash advance uPvoUv cash advance 7667 payday loans >:]]
akrvqp@hwfmjb.com Posted On: 2012-02-09
 
inrhemr payday loans 0472 payday loan 0325 payday loans %-[[[
inrhemr payday loans 0472 payday loan 0325 payday loans %-[[[
hypeca@hyvlup.com Posted On: 2012-02-10
 
mqybqxon cheap viagra 2684 how does cialis work 8]]] buy generic viagra xoOweg cheap cialis IxWaoC
mqybqxon cheap viagra 2684 how does cialis work 8]]] buy generic viagra xoOweg cheap cialis IxWaoC
iugvhs@soklet.com Posted On: 2012-02-15
 
ypsooc Payday loan :-O Payday loans 7312 low cost payday loans jUuoe
ypsooc Payday loan :-O Payday loans 7312 low cost payday loans jUuoe
xrnzbu@viblft.com Posted On: 2012-02-16
 
luwtude genericcialis VbKAEw cheap generic viagra 2689 viagra %-[[[ cheap cialis 2610
luwtude genericcialis VbKAEw cheap generic viagra 2689 viagra %-[[[ cheap cialis 2610
xfgzyu@lfoltf.com Posted On: 2012-02-22
 
 
Post Your Comment
Name :  
Email :  
Comment :  
Visual CAPTCHA
More Article Links
  >> Activities Links
  >>  Article Links
Photo Gallery
किरात धर्म दोश्रो अन्तराष्ट्रिय महासम्मेलन पत्रकार भेटघाट कार्यक्रम कार्यक्रम् सञ्चालन गर्दै कि. ध. तथा सा. उ. संघका केन्द्रीय सचिव सेसेहाङ फियाक 
महासम्मेलनको जानकारी दिंदै कि. ध. तथा सा. उ. संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिङ थेगिम पत्रकार भेटघाट कार्यक्रममा अथितिहरू
  >> Videos
Play Video
|  HOME   |  ABOUT US   | CONTACT US   |
All Rights Reserverd. © 2010, kirat.org.com